स्वार्थ–केन्द्रित होइन, परार्थ–केन्द्रित चिन्तन नैतिक जीवनको आधारशीला हो
हामीले भरसक अरुको सहायता गर्नुपर्छ, यदि गर्न सक्दैनौं भने कम्तीमा अरुलाई हानि गर्नबाट चाहिँ बचौँ। यो बुद्धधर्मको एक सार तत्त्व हो । नैतिक जीवन जीउनका लागि चाहिने मूल तत्त्व पनि यही हो।
कुनै पनि काम गर्नका लागि केही प्रेरणा चाहिन्छ। हामी कसैको अहित गर्छौं भने त्यसका पछाडि पनि कुनै चीजले हामीलाई प्रेरित गरिरहेको हुन्छ। त्यस्तै अरुलाई गर्ने सहयोगका पछाडि पनि कुनै प्रेरक तत्त्व रहेको हुन्छ। त्यसका लागि हामीलाई केही तथ्यहरू बुझ्नु जरुरी हुन्छ। हामीले कसैलाई किन सहयोग गर्नु पर्छ र किन हानि पुर्याउनु हुँदैन भन्ने बुझ्नु जरुरी छ।
उदाहरणका लागि जब हामी कसैलाई हानि पुर्याउन खोज्छौं, त्यतिबेला हामीभित्र एकखालको चेतना जागृत हुन्छ, जसले हामीलाई सो काम गर्नबाट रोक्छ। हामीभित्र अरुलाई हानि नगर्ने एकखालको निश्चय हुनु आवश्यक छ। हाम्रो चित्तको कुनै कुनामा अरुको हानि गर्ने विचार आउँछ, तर चित्तको विशिष्ट मनोदशाका कारण चित्तकै अर्को भागले हामीलाई त्यसो गर्नु गलत हो, त्यसो नगर भन्छ। त्यो गलत हो भन्ने बुझेपछि हामीले आफूभित्र एक इच्छाशक्तिको विकास गर्छौं र आफैंलाई रोक्छौं। अरुलाई हानि गर्न होस् वा नगर्न होस्, हामीभित्र एक प्रकारको जागरुकता हुनु आवश्यक छ जसले हामीलाई यो भनोस् कि उक्त कार्यको नतीजा दीर्घकालीन असर पुर्याउने खालको हुनेछ। मानिस भएका कारण हामीसँग लामो समयपछिको परिणामको पनि अन्दाज गर्नसक्ने बुद्धि हुन्छ। यही अन्दाजका कारण हामीले आफूलाई तत्क्षण रोक्न सक्छौं।
यहाँ हामीले दुई फरक तरीका अपनाउन सक्छौं। पहिलो, हामी आफ्नो हितको बारेमा सोच्छौं र साथै अरुको कुनै प्रकारले सहायता गर्न सक्ने रहेछौं भने गर्छौं। तर सहायता गर्न सक्ने रहेनछौं भने पनि अरुको अहित गर्नबाट आफूलाई रोक्छौं। दोश्रो, हामी अरुको हितका बारेमा सोच्छौं र सके सहायता गर्छौं, नसके अहित गर्नबाट आफूलाई रोक्छौं। आफनो हितका लागि अरुको अहित गर्नबाट आफूलाई रोक्दा यस्तो सोचाई आउँछ – “यदि मैले यसो गरेँ भने खराब परिणाम भोग्नुपर्छ। यसको कानुनी परिणाम पनि हुन सक्छ। त्यस्तै अरुको हित सोचेर अहित गर्नबाट बच्ने क्रममा यस्तो सोचाई आउँछ – “अरु पनि म जस्तै त हुन नि। उनीहरुलाई पनि दुःख र पीडा मन पर्दैन। त्यसैले उनीहरुलाई हानि पुर्याउने काम म गर्दिन। "
आफ्नो मनलाई प्रशिक्षित गर्ने क्रममा हामी पहिला आफ्नो हितका बारेमा सोच्छौं, त्यसपछि प्रबल रूपमा अरुको बारेमा सोच्छौं । अरुको बारेमा प्रबल रूपमा सोच्नु अझ बढी प्रभावकारी हुन्छ । प्रातिमोक्ष (विनय परम्परा अन्तर्गत व्यक्तिगत निर्वाणका लागि लिइने संकल्प) को मूलभूत आधार आफ्नो हितका बारेमा सोच्नु हो, जसका कारण हामी अरुलाई हानि पुर्याउनबाट जोगिन्छौं । आफ्नो मुक्ति नै मुख्य उद्देश्य भएकाले त्यसो गरिएको हो । अर्कोतर्फ बोधिसत्व अभ्यासमा अरुको हित सोच्नाको कारणले कसैलाई पनि हानि पुग्ने काम गरिँदैन। अरुलाई हानि पुर्याउनबाट बच्नु र अरुको सहायता गर्नु परोपकारको अभ्यास हो । मैले प्रायः भन्ने गरेको सार्वभौमिक उत्तरदायित्वको सम्बन्ध यही अभ्याससँग छ ।
Answers & Comments
Verified answer
Answer:
बलिको अनेक अर्थ हुन्छ– उपहार, अर्पण, ... जेमा मानिसको हित छ त्यही नै सत्य हो अरू सबै ..,

Here's ur confidential answer, hope it helps you.
Please mark my answer as Brainliest.